विमानमा यात्र गरिरहेका उनी अचेत बनेपछि आकस्मिक अवतरण गरी उनलाई हाल अस्पताल भर्ना गरिएको बीबीसीले जनाएको छ।
नभाल्नी रुसी राष्ट्रपति भ्लादमिर पुटिनका कट्टर आलोचक मानिन्छन्। उनी रुसमा भ्रष्टाचारविरुद्धको अभियानमा सक्रिय छन्।
मस्कोबाट टोम्स्क फर्कने क्रममा नभाल्नी विमानमै अचेत बनेका थिए। अधिकारीहरुका अनुसार बिहानदेखि नभाल्नीले चिया मात्र सेवन गरेका थिए।
द तास न्युज एजेन्सीका अनुसार ओम्स्क इमर्जेन्सी हस्पिटलमा उनको उपचार भइरहेको छ। पहिले उनको अवस्था गम्भीर भएको बताइएको थियो। हाल उनको अवस्थाको बारेमा केही बताइएको छैन।
नभाल्नीको चियामा कसले विष हाल्यो भनेर यतिबेला रुसी प्रहरीले अनुसन्धान थालेका छन्।
प्रतिक्रिया