समाज


घाँस काट्न नेपाल छिरेका दुई भारतीय महिलाबाट साढे ६ लाख बरामद

घाँस काट्न नेपाल छिरेका दुई भारतीय महिलाबाट साढे ६ लाख बरामद

नेपालखबर
भदौ ३, २०७७ बुधबार १६:६,

रौतहटमा करिब साढे ६ लाख रुपियाँसहित दुई महिला पक्राउ परेका छन्।

विशेष सूचनाका आधारमा कार्यालय मातहत अस्थायी प्रहरीचौकी महादेवपट्टीबाट असई मनोजकुमार सिंहको नेतृत्वमा खटिएको प्रहरी टोलीले गौर नगरपालिका वडा नं ३ दशगजा क्षेत्रमा घाँस काट्न भनी आएका दुई भारतीय महिलाका साथबाट स्रोत नखुलेको रु ६ लाख ४० हजार बरामद गरेको रौतहट प्रहरी प्रमुख एसपी रबिराज खड्काले बताए। 

रकमसहित पक्राउ पर्नेमा भारत विहार राज्य जिल्ला सीतामढी बैरगनियाँ ग्राम पञ्चायत वडा नं १ सिन्दुरिया बस्ने ४५ वर्षीया शान्ति देवी र ४५ वर्षीया मीना देवी छन्। निजहरुलाई नियन्त्रणमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .