समाज


तामाकोशी हिँडेका कुलमान राति एक घण्टा सडकमै रोकिए

तामाकोशी हिँडेका कुलमान राति एक घण्टा सडकमै रोकिए

नेपालखबर
साउन ५, २०७६ आइतबार ५:२,

माथिल्लो तामाकोशी जलविद्युत आयोजना निरीक्षणका लागि काठमाडौंबाट हिँडेका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ सिन्धुपाल्चोक ठूलोपाखरको हिलाम्मे बाटोमा राति एक घण्टा रोकिएका छन्।

आइतबार ३ बजे काठमाडौंबाट दोलखाको चरिकोट हुँदै तामाकोशी जान लागेका घिसिङसहितको टोली राती ७ देखि ८ बजेसम्म ठूलोपाखरको हिलाम्मे सडकमा रोकिएको हो।

‘ठूलोपाखरको भत्केको सडक भारी वर्षाले गर्दा निकै हिलाम्मे थियो, बस र अन्य गाडीहरू पास हुन सकिरहेका थिएनन्’, निर्देशक कुलमान घिसिङसँगै रहेका तनहुँ हाइड्रोपावर कम्पनीका सञ्चार विज्ञ सचेन गौतमले भने, ‘हामी पनि हिजो राति त्यही अवस्थामा एक घण्टा बाटोमै राकियौं।’

Kulman3

एक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको ४५६ मेगावाटको माथिल्लो तामाकोशी आयोजनाको कामलाई तीब्रता दिन घिसिङले एक दुई महिनामा स्थलगत निरीक्षण गरिरहेका छन्। घिसिङको टोली शनिबार पनि तामाकोशी परियोजना स्थलमै रहेको छ।

Kulman2

५ वर्षदेखि निर्माणाधीन लामोसाँघु–चरिकोट सडक खण्डको काम अझै पूरा नहुँदा यो क्षेत्रका नागरिक हिलो र धुलो सडकको सास्ती खेपिरहेका छन्। यो क्षेत्रमा माथिल्लो तामाकोशी लगायत आधा दर्जन जलविद्युत आयोजना निर्माणाधिन छन्, जसका लागि यही अप्ठेरो सडक भएर सामान ओसारपसरा गर्नु परिरहेको छ।

ठूलोपाखर क्षेत्रको १५ किलोमिटर सडक त झन् जीर्ण अवस्थामा छ। स्थानीय बासिन्दासँगै जलविद्युत परियोजनासँग आवद्ध स्वदेशी विदेशी कर्मचारीहरूले यो धुलाम्मे सडकबाट यात्रा गर्दा निकै सास्ती झेलिरहेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad