समाज


अब लुम्बिनी प्रादेशिक अस्पतालमा ३० मिनेटमै कोरोना परीक्षण रिपोर्ट

अब लुम्बिनी प्रादेशिक अस्पतालमा ३० मिनेटमै कोरोना परीक्षण रिपोर्ट

प्रकाश न्यौपाने
साउन ३०, २०७७ शुक्रबार ११:५१,

बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा कोभिड–१९ को परीक्षणका लागि द्रुत परीक्षण सेवा शुरु गरिएको छ। अस्पतालमा ३० मिनेटमै कोरोना जाँच गर्न सक्ने एक्सपर्ट एक्सप्रेस सार्स कोभ–टु परीक्षण सेवा सुरु गरिएको अस्पतालले बताएको छ।

आकस्मिक कक्षमा भर्ना हुन आउने बिरामीमा भर्नापश्चात् कोरोना भाइरसको संक्रमण पुष्टि हुने क्रम बढेपछि दु्रत परीक्षण सेवा सुरु गरिएको हो। नेपाल सरकार राष्ट्रिय क्षयरोग कार्यक्रमअन्तर्गत उपलब्ध जिन एक्सपर्ट मेसिनलाई अपडेट गरी एक्सपर्ट एक्सप्रेस सार्स कोभ–टु सुरु भएको बताइएको छ।

आज प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले मेसिनबाट आफ्नै स्वाब परीक्षण गरी द्रुत परीक्षण सेवाको शुभारम्भ गरेका हुन्। पीसीआर परीक्षणको समयावधि ढिला हुँदा उपचार समस्या भएको गुनासो आइरहेको बेला यो मेसिनबाट सहयोग मिल्ने उनले बताए।

‘अब परीक्षणको काम छिटो हुनेछ, यसले नागरिकलाई सहज हुन्छ नै जोखिम न्यूनीकरण समेत हुनेछ’, उनले भने।

अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट(मेसु) डा.राजेन्द्र खनालले मेसिनबाट कोभिड १९ को शंकास्पद बिरामीको रिर्पोट पोजिटिभ भए ३० मिनेट र नेगेटिभ भए ४५ मिनेटमा नै उपलब्ध हुने हुँदा यो धेरै प्रभावकारी भएको बताए। जसले गर्दा स्वास्थ्यकर्मीले पनि ढुक्कसँग विरामीको उपचारमा गर्न सक्ने खनालको भनाई छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad