समाज


जुद्ध सालिकदेखि इन्द्रचोकसम्मको विशालबजार क्षेत्र बन्द

जुद्ध सालिकदेखि इन्द्रचोकसम्मको विशालबजार क्षेत्र बन्द

नेपालखबर
साउन ३०, २०७७ शुक्रबार ९:४,

काठमाडौंको न्यूरोड क्षेत्रमा एक व्यापारीमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएपछि पसलहरु बन्द गरिएको छ।

व्यापारीमा संक्रमण देखिएपछि काठमाडौं महानगरपालिकाको वडा नम्बर २४ मा पर्ने क्षेत्र न्यूरोडको विशालबजार देखि इन्द्रचोकसम्मका पसलहरु बन्द गरिएको हो।

शुक्रबारबाट लागू हुने गरी भदौ ७ गतेसम्म त्यसक्षेत्रका सबै पसलहरु बन्द गर्न वडा कार्यालय अनुरोध गरेको छ। वडा कार्यालयले विज्ञप्ति जारी गर्दै न्यूरोड क्षेत्रमा कोरोना संक्रमण नियन्त्रण गर्नु आवश्यक रहेकाले साउन ३० गतेदेखि भदौ ७ गतेसम्म जुद्ध सालिकलदेखि इन्द्रचोकसम्मका पसल, व्यवसाय बन्द गर्न अनुरोध गरेको छ।

विज्ञप्तिमा भनिएको छ, ‘न्युरोड क्षेत्रमा कोरोना संक्रमण नियन्त्रण गर्नुपर्ने अति आवश्यक देखिएको हुँदा उक्त क्षेत्रमा मिति २०७७ साउन ३० देखि भदौ ७ गतेसम्म जुद्ध सालिकदेखि इन्द्रचोकसम्म पसल व्यवसाय बन्द गरी कोरोना संक्रमण फैलिनबाट बच्नका लागि सहयोग गरिदिनुहुन अनुरोध गरिन्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad