समाज


कुलमान घिसिङको कोरोना परीक्षण रिपोर्ट निगेटिभ

कुलमान घिसिङको कोरोना परीक्षण रिपोर्ट निगेटिभ

नेपालखबर
साउन ३०, २०७७ शुक्रबार ४:४७,

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कोरोना परीक्षण रिपोर्ट निगेटिभ आएको छ।

प्रधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालय अन्तर्गतका एक जना इन्जिनियरलाई कोरोना पोजिटिभ भएपछि कार्यकारी निर्देशक कुलमान घिसिङसहितको स्वाब परीक्षण गरिएको थियो।

‘बिहीबार कुलमान सरसहित दर्जन बढी अधिकारीको स्वाब परीक्षणका लागि लगिएको थियो’, प्राधिकरणका एक अधिकारीले नेपालखबरसँग भने, ‘आज शुक्रबार बिहानै निगेटिभ रिपोर्ट आएको छ।’

उनले कार्यकारी निर्देशक घिसिङ, नौ जना उपकार्यकारी निर्देशक र प्रवक्ता प्रवल अधिकारी सबैको रिपोर्ट निगेटिभ आएको बताए।

प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालय अन्तर्गत पूर्वतिरका एक जना इन्जिनियरलाई कोरोना पोजिटिभ भएपछि उनीसँग सम्पर्कमा आएका र कार्यकारी निर्देशकसहित वरिष्ठ अधिकारीहरूको पनि स्वाब परीक्षण गरिएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad