काठमाडाैंमा ट्याक्सी चालकमाथि कुटपिट गरी फरार भएका एक व्यक्ति पक्राउ परेका छन्।
ट्याक्सी चालकलाई इँट्टा र ढुंगाले कुटपिट गरेर फरार भएका काठमाडौं चन्द्रागिरि नगरपालिका–६ बाला गाउँका २७ वर्षीय अनिल उदास बुधबार पक्राउ परेका हुन्।
महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उदासलाई चन्द्रागिरि नगरपालिका–८ मातातीर्थ चोकबाट पक्राउ गरेको हो।
अनिल र काठमाडौं महानगरपालिका–१२ टेकु बस्ने सिन्धुली सुनकोशी गाउँपालिका–३ घर भएका २८ वर्षीय अमृत कुमार वैद्यले २०७६ चैत २ गते राति चन्द्रागिरि नगरपालिका–१५ विष्णुदेवी घर भएका बा.२ ज ५३१६ नम्बरको ट्याक्सीका चालक विष्णु बहादुर श्रेष्ठलाई ढुंगा तथा इँट्टा प्रहार गरी सख्त घाइते बनाएका थिए। घटनामा संलग्न अमृत कुमार वैद्यलाई प्रहरीले तत्काल पक्राउ गरेको थियो भने अनिल उदास फरार रहेका थिए।
उदासलाई आवश्यक कारवाहीको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको वृत्तले जनाएको छ।

प्रतिक्रिया