ad ad

समाज


बुटवल कोरोना अस्पतालमा २ जनाको मृत्यु, भेन्टिलेटरमा राखिए पनि संक्रमित बाँचेनन्

बुटवल कोरोना अस्पतालमा २ जनाको मृत्यु, भेन्टिलेटरमा राखिए पनि संक्रमित बाँचेनन्

नेपालखबर
साउन २८, २०७७ बुधबार ४:४,

रुपन्देहीको बुटवलमा संचालित कोरोना विशेष अस्तपालमा उपचारत दुई पुरुषको मृत्यु भएको छ। उनीहरु दुबै कपिलबस्तुका हुन्।

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका सूचना अधिकृत डा.बिष्णु गौतमका अनुसार कपिलबस्तुको कृष्णनगर नगरपलिका १२ का २५ वर्षका युवक र तौलीहवाका ४२ वर्षे पुरुषको उपचारका क्रममा मृत्यु भएको हो।

मृतकमध्ये एक जनाको कोरोना रिर्पोट पोजेटिभ आएको छ भने अर्का एक व्यक्तिको पिसिआर रिर्पोट आउन बाँकी रहेको अस्पताल स्रोतले जनाएको छ।

कोरोना रिपोर्ट पोजेटिभ आएका ४२ वर्षीय पुरुष साउन २५ गते उपचारका लागि अस्पताल भर्ना भएका थिए। भेन्टिलेटरमा राखेर उपचार गर्दा पनि उनलाई बचाउन नसकिएको डा.गौतमले बताए।

२५ वर्षीय युवक केही दिनअघि मात्र भारतको मुम्बइबाट घर आएका आफन्तले बताएका छन्। उनको स्वाब परीक्षणमा पठाइएको छ। उनी सोमबार राति अस्पताल भर्ना भएका थिए।

दुवै जनालाई भर्ना भएकै दिनदेखि भेन्टिलेटरको सहायतामा उपचार सुरु गरिएको थियो। ज्वरो, खोकी र श्वासप्रश्वासको समस्या देखिएपछि २५ वर्षीय युवकलाई कोरोना अस्पतालमा भर्ना गरिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .