पर्सा र बारामा गरी थप ७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
पर्साको वीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालको प्रयोगशालाबाट सोमबार राति आएको रिपोर्टअनुसार पर्साका ६६ र बाराका ४ जनामा कोरोना संक्रमण पाइएको हो।
नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायका अनुसार त्यसमा डाक्टर, स्वास्थ्यकर्मी, प्रहरी र सर्वसाधारण छन्।
‘तीमध्ये नेसनल मेडिकल कलेज (वीरगन्ज) का २ चिकित्सकसहित ३ कर्मचारी, नारायणी अस्पतालकै ३ स्टाफ नर्स र २ कार्यालय सहयोगी तथा एक जना सशस्त्र प्रहरी छन्,’ डा. उपाध्यायले मंगलबार बिहान नेपालखबरसँग भने, ‘वीरगन्जकै भवानी हस्पिटलका पनि ६ कर्मचारी छन् तर ती चिकित्सक हुन् वा के भन्ने खुलाइएकाे छैन।’
उनका अनुसार संक्रमितमा २२ महिला र अरू पुरुष छन् भने ३ वर्षदेखि ७६ वर्षसम्मका छन्।

प्रतिक्रिया