ad ad

समाज


काठमाडौंसहितका सहरमा राति ९ बजेदेखि बिहान ५ बजेसम्म हिँडडुल गर्न नपाइने

काठमाडौंसहितका सहरमा राति ९ बजेदेखि बिहान ५ बजेसम्म हिँडडुल गर्न नपाइने

नेपालखबर
साउन २१, २०७७ बुधबार १६:३,

सरकारले काठमाडौं उपत्यकासहित २ सयभन्दा बढी कोरोना संक्रमित भएका क्षेत्रमा राति ९ बजेदेखि बिहान ५ बजेसम्म हिँडडुलमा रोक लगाएको छ।

कोरोना संक्रमण नियन्त्रणका लागि बिहीबारदेखि लागू हुने गरी यो निर्णय गरिएको गृह मन्त्रालयले जनाएको छ।

‘काठमाडौं उपत्यका र कोभिड-१९ को २०० भन्दा बढी सक्रिय संक्रमण केस भएका जिल्लामा अत्यावश्यक सेवा बाहेकका सार्वजनिक तथा निजी सवारीसाधनहरू भोलि मिति २०७७/०४/२२ गतेदेखि लागू हुने गरी जोर बिजोर नम्बरका आधारमा मात्र सञ्चालन गर्ने व्यवस्था गर्ने,’ मन्त्रालयद्वारा बुधबार जारी विज्ञप्तिमा भनिएको छ- ‘यस वर्गमा पर्ने जिल्लाका सहरी इलाकामा जिल्लाभित्र समेत बेलुका ९ः०० बजेदेखि बिहान ५ः०० बजेसम्म आवागमन बन्द गर्ने।’

विस्तृत जानकारीका लागि तलको विज्ञप्ति हेर्नुहोस् :

jor bikor

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .