ad ad

समाज


नेट जोड्ने क्रममा करेन्ट लागेर एकको मृत्यु

नेट जोड्ने क्रममा करेन्ट लागेर एकको मृत्यु

नेपालखबर
साउन २१, २०७७ बुधबार १२:२१,

करेन्ट लागेर बुधबार दिउँसो तनहुँमा एक युवकको मृत्यु भएको छ।

व्यासनगरपालिका–४ निवासी ३० वर्षीय सुवास श्रेष्ठको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

व्यासनगरपालिका–१ विज्ञानचौरस्थित पिताम्बर थापाको घरमा वल्डलिंकको नेट जोड्ने क्रममा उक्त घट्ना भएको हो।

करेन्ट लागेर गम्भीर भएका श्रेष्ठको दमौलीस्थित रत्नहरि मेमोरियल अस्पतालमा पु¥याएपछि चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .