समाज


साँगामा चाप कम गर्न अब मंगलटार र दोलालघाटमै सवारी जाँच गरिने

साँगामा चाप कम गर्न अब मंगलटार र दोलालघाटमै सवारी जाँच गरिने

नेपालखबर
साउन २१, २०७७ बुधबार ३:३९,

काठमाडौं उपत्यका प्रवेश गर्ने नाका साँगामा सवारी चाप कम गर्ने विषयमा भक्तपुर र काभ्रेका प्रमुख जिल्ला अधिकारीबीच छलफल भएको छ।

अरनिको राजमार्गमा पर्ने काभ्रे र भक्तपुर जिल्लाको सिमाना साँगामा हुने सवारी चाप कम गर्न दुई जिल्लाका प्रमुख जिल्ला अधिकारी र उपत्यका ट्राफिक प्रहरी महाशाखा प्रमुखबीचमा छलफल भएको हो।

काभ्रेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिना, भक्तपुरका प्रजिअ हुमकला पाण्डे, महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक किरण बज्राचार्य र दुवै जिल्लाका प्रहरी प्रमुखलगायतबीच मंगलबार छलफल भएको हो।

बैठकमा साँगा नाकालाई व्यवस्थित बनाउने विषयमा केन्द्रित भएर छलफल गरिएको काभ्रेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले जानकारी दिए।

‘साँगा नाकामा देखिने भीडभाड सहजरूपमा व्यवस्थापन गर्ने विषयमा छलफल ग¥यौँ’, उनले भने, ‘सवारी साधन जाँचका क्रममा हुने गरेको भीडका कारण साँगा क्षेत्रका नागरिकलाई जोखिमबाट कसरी मुक्त गर्ने भन्ने विषयमा गहन छलफल भएको छ।’

विषेशगरी तराई जिल्लाबाट आएका सवारीसाधन उपत्यका प्रवेश नाका साँगामा कडाइ गर्दा जोखिम बढेको भन्दै त्यहाँका बासिन्दाले दुवै जिल्ला प्रशासनको ध्यानाकर्षण गराएका थिए।

बैठकले बिपी राजमार्ग भएर सिन्धुलीबाट आउने सवारी साधनलाई काभ्रेको मङ्गलटारमै रोक्ने र अरनिको राजमार्ग भएर सिन्धुपाल्चोकबाट आउने सवारी साधनलाई दोलालघाटमै रोकेर जाँचपास गरी आवश्यकताका आधारमा मात्रै प्रवेश गराउने निर्णय गरेको छ।

बैठकमा बिनापास अन्तर जिल्लाबाट आएका सवारी साधनलाई ती ठाउँमै रोकेर राख्ने कुरालाई अझ कडाइ गर्ने निर्णय भएको प्रजिअ तिमिल्सिनाले जानकारी दिए।

पास लिएर आएकाहरुले पनि तोकिएको सङ्ख्याभन्दा बढी मानिस ल्याउने गरेको पाइएका कारण त्यसलाई समेत कडाइ गर्ने सहमती भएको उनले बताए। उपत्यका केन्द्रित भएर व्यवसाय गर्ने कर्मचारी, विद्यार्थीका लागि आवागमत सहज बनाउने विषयमा दुवै जिल्लाबीच सहमति गरेर खुकुलो गर्ने विषयमा पनि छलफल भएको तिमल्सिनाको भनाई छ।

यात्रा गर्दा मास्कको प्रयोगबिना बाहिर निस्केको पाइएमा सङ्क्रमण रोग ऐन, २०२० अन्तर्गत कारवाही गरिने उनले बताए।

त्यसका लागि पहिलोपटक सचेतनासँगै मास्क नलगाई हिँड्नेलाई मास्क बाँड्ने कामसमेत गरिएको छ।टोलीले साँगा र बनेपा चारदोबाटोमा सडकमा हिँड्ने सर्वसाधारणलाई मास्क वितरण गरेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad