समाज


दाङ देउखुरीमा प्रेमीसँग नुहाउन गएकी किशोरीलाई ४ जना मिलेर बलात्कार

दाङ देउखुरीमा प्रेमीसँग नुहाउन गएकी किशोरीलाई ४ जना मिलेर बलात्कार

नेपालखबर
साउन २१, २०७७ बुधबार २:५१,

दाङको देउखुरीमा १७ वर्षीया किशोरीलाई चार जना मिलेर सामूहिक बलात्कार गरेका छन्।

पीडित किशोरीले दिएको उजुरीका आधारमा आरोपितमध्ये दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

दाङ जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी सुमित खड्काले साउन १८ गते पीडितबाट उजुरी आएको र त्यस आधारमा मंगलबार राप्ती गाउँपालिका–४ का २३ वर्षका इसब जिसी र १९ वर्षका भुपाल थापामगरलाई पक्राउ गरिएको जानकारी दिए।

‘अरू २ जना फरार छन्,’ डीएसपी खड्काले बुधबार बिहान नेपालखबरसँग भने, ‘उनीहरूको खोजी गरिरहेका छौं।’

प्रहरीका अनुसार फरार हुनेमा राप्ती गाउँपालिका–४ कै २५ वर्षका अर्जुन विक र २७ वर्षका प्रकाश नेपाली छन्। पीडित पनि राप्ती गाउँपालिकाकै वडा नम्बर ३ की हुन्। 

डीएसपी खड्का अनुसार घटना यही साउन १६ गते दिउँसो भएको हो।

त्यस दिन आफ्ना प्रेमीसँग घरदेखि केही पर सामुदायिक वन नजिकैको खोलामा नुहाउन गएको र त्यही बेला ती चार जना आएर प्रेमीलाई कुटपिट गर्दै आफूलाई सामूहिक बलात्कार गरेको पीडित किशोरीले प्रहरीसमक्ष बताएकी छन्।

नुहाएर कपडा फेर्ने बेला एक्कासि उनीहरू आएर आफूलाई बलात्कार गरेको उनको भनाइ छ।

पीडितको स्वास्थ्य परिक्षण गरिएको र आरोपितविरुद्ध जबर्जस्ती करणी मुद्दा दर्ता गरी घटनाको थप अनुसन्धान थालिएको डीएसपी खड्काले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad