प्रहरीले स्रोत नखुलेको १६ लाख रुपैयाँसहित एक जनलाई पक्राउ गरेको छ।
कपिलवस्तु जिल्लाको मायादेवी गाँउपालिका ४ स्थित सीमा ईलाकाबाट मंगलबार सशस्त्र प्रहरीको टोलीले स्रोत नखुलेको १६ लाख रुपैयाँसहित सोही गाँउपालिका १ बस्ने ३८ वर्षीय बिनोद सोनारलाई पक्राउ गरेको हो।
सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोस्ट चाकडचौडाबाट खटिएको एपीएफ टोलीले सोनारलाई १६ लाख रुपैयाँसहित पक्राउ गरेको हो।
भारतबाट नेपालतर्फ आउँदै गरेका निज सोनारलाई एपीएफ टोलीले जाँच गर्दा उनको साथमा उक्त रुपैयाँ फेला परेको र सोनारले उक्त रुपैयाँको श्रोत खुलाउन नसकेपछि पक्राउ गरिएको एपीएफले जनाएको छ।
पक्राउ परेका सोनारलाई बरामद रुपैयाँसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाइएको छ।

प्रतिक्रिया