ad ad

समाज


स्कुटरमा सवार ३१ वर्षीय युवकको ट्रकको ठक्करबाट मृत्यु, मृतकको पहिचान खुल्न बाँकी

स्कुटरमा सवार ३१ वर्षीय युवकको ट्रकको ठक्करबाट मृत्यु, मृतकको पहिचान खुल्न बाँकी

नेपालखबर
साउन १३, २०७७ मंगलबार ४:२४,

पूर्वपश्चिम राजमार्गअन्तर्गत चितवनको रत्ननगर नगरपालिका-३ तरकारीचोकमा गएराति ट्रकले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ।

इलाका प्रहरी कार्यालय टाँडीले दिएको जानकारीअनुसार ट्रकको ठक्करबाट गम्भीर घाइते अन्दाजी ३१ वर्षीय पुरुषको उपचारका क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएको हो । मृतकको सनाखत हुनसकेको छैन।

पूर्वबाट पश्चिमतर्फ आइरहेको ना ४ ख ४१५५ नम्बरको ट्रकले विपरीत दिशातर्फ गइरहेको ना ४७ प ६१८९ नम्बरको स्कुटरलाई ठक्कर दिएको प्रहरीले जनाएको छ।

दुर्घटनापछि ट्रकलाई नियन्त्रणमा लिइएको र चालक फरार रहेका प्रहरीको भनाई छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .