ad ad

राजनीति


सूर्यबहादुर थापाका छोरा सुनिल आज कांग्रेस प्रवेश गर्दै, कांग्रेसमा भने असन्तुष्टि तीब्र

सूर्यबहादुर थापाका छोरा सुनिल आज कांग्रेस प्रवेश गर्दै, कांग्रेसमा भने असन्तुष्टि तीब्र

नेपालखबर
साउन १३, २०७७ मंगलबार ३:५२,

राप्रपाका सहमहामन्त्री एवं पूर्वमन्त्री सुनिलबहादुर थापा आज कांग्रेस प्रवेश गर्दैछन्।

मंगलबार दिउँसो ३ बजे सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा हुने कार्यक्रममा थापासहितका नेता कार्यकर्ता कांग्रेस प्रवेश गर्न लागेका हुन्। थापा राप्रपाका संस्थापक नेता तथा पूर्वप्रधानमन्त्री स्व.सूर्यबहादुर थापाका छोरा हुन्।

सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका नेताले थापासहितका राप्रपा नेता कार्यकर्तालाई पार्टीमा भित्र्याउन लागेका हुन्।

थापालाई कांग्रेसमा पनि सहमहामन्त्रीकै जिम्मेबारी दिने तयारी भएको छ। अरु पाँच नेतालाई केन्द्रीय सदस्य बनाउने तयारी भएको कांग्रेस स्रोतले जनाएको छ।

थापाको प्रवेशलाई लिएर कांग्रेसमा भने तीब्र असन्तुष्टि सिर्जना भएको छ। स्रोतका अनुसार आफ्ना नेतालाई कारबाही गरेर राप्रपाका नेतालाई पार्टीमा भित्र्याउन लागिएको भन्दै अर्जुननरसिंह केसी, शेखर कोइराला, मीलेन्द्र रिजालसहितका नेता असन्तुष्ट छन्।

केही दिनअघि मात्रै कांग्रेसले गोविन्दराज जोशी, पुष्करनाथ ओझा र रामबहादुर विष्टलाई पार्टीबाट निष्कासन गरेको थियो।

तर कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भने थापाको प्रवेशलाई लिएर कांग्रेसमा असन्तुष्टि देखिएको भन्ने विषय आफ्नो जानकारीमा नभएको बताए।

‘यो विषय मेरो जानकारीमा छैन। कसको मनमा के छ जान्ने कुरा पनि भएन,’ मंलबार बिहान नेपालखबरसँग कुरा गर्दै शर्माले भने, ‘आज पार्टी सभापतिसहित सबै नेताले उहाँहरुलाई स्वागत गर्ने कार्यक्रम छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .