ad ad

समाज


धमाधम भेटिन थाले लक्षण नै भएका कोरोना संक्रमित

धमाधम भेटिन थाले लक्षण नै भएका कोरोना संक्रमित

नेपालखबर
साउन १२, २०७७ सोमबार १६:०,

सप्तरीमा कोभिड-१९ को लक्षण देखिएका सङ्क्रमित भेटिन थालेका छन्। यसअघि लक्षण नभएका सङ्क्रमित हुने गरेकामा अहिले आउने सङ्क्रमितमा कोभिड–१९ का लक्षण देखिन थालेको चिकित्सकले बताएका छन्।

पछिल्लोपटक आउने सङ्क्रमितमध्ये १५ प्रतिशतमा लक्षण देखिने गरेको गजेन्द्रनारायण सिंह अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा रणजीतकुमार झाले जानकारी दिए। कतिपय सङ्क्रमितमा रुघाखोकी, श्वासप्रश्वासमा समस्या देखिने गरेको उनले जानकारी दिए।

कोरोनाको अवस्था तथा नियन्त्रणका लागि भइरहेका प्रयासका विषयमा जानकारी लिन आज सप्तरी आएका प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई सप्तरीको अवस्थाबारे जानकारी दिँदै डा झाले भने, ‘सङ्क्रमितमा लक्षण देखिन थालेपछि जनशक्ति व्यवस्थापन झन जटिल भएको छ।’

पहिला सम्पर्कमा जानु नपर्ने अवस्था रहेकामा पछिल्लो समय स्वास्थ्यकर्मीले सङ्क्रमितको परीक्षणलगायतका काम गर्नुपरेको उनले बताए।

गजेन्द्रनारायण सिंह अस्पताल, राजविराजमा गत जेठ २४ गतेबाट पीसीआर प्रयोगशाला सञ्चालनमा आएपछि तीन हजार ९६० जनाको स्बाव परीक्षण गरिएको र तीमध्ये २९१ पुरुष र ३२ महिला गरी ३२३ जनाको रिपोर्ट पोजेटिभ पुष्टि भएको डा झाले जानकारी दिए।

प्रयोगशालामा हाल दैनिक १५० देखि २०० जनासम्मको पीसीआर परीक्षण भइरहेको उनले जानकारी दिए।

सप्तरीमा देखिएका कूल ४४७ सङ्क्रमितमध्ये गजेन्द्रनारायण सिंह अस्पतालअन्तर्गत सञ्चालनमा रहेको आइसोलेसनमा ४२१ जनाले सेवा लिएका छन्।

उपचार गरेका ३०२ जना निको भई घर फर्किएको र ११९ जना उपचाररत रहेको डा झाले जानकारी दिए।रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .