लमजुङको मस्र्याङ्दी गाउँपालिका – ३ खुदी पल्लोटारीमा रहेकाे एउटा सिंगाे बस्ती नै पहिरोले पुरेको छ।
बुधबार बिहान माथिबाट आएको पहिरोले १८ घर पुरेको घटनास्थलमा रहेका प्रहरी नायव निरीक्षक (सई) प्रेमप्रसाद शर्माले जानकारी दिए।
पहिरोमा ३ जना घाइते भएका छन्। उनीहरुलाई स्थानीय सामुदायिक अस्पतालमा उपचारका लागि लगिएको छ।
पहिरोको जोखिममा रहेको भन्दै त्यहाँका मानिसलाई मंगलबार नै अन्यत्र सारिएकाले ठूलो मानवीय क्षति हुन नपाएको सई शर्माले जनाकारी दिए।
बस्तुभाउ र अन्य धनसम्पत्ति सबैमा क्षति पुगेको उनले जानकारी दिए।

प्रतिक्रिया