भारतको स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा एकैदिन ४० हजार ४२५ संक्रमित थपिएका हुन्।
यससँगै भारतमा कोरोना संक्रमितको संख्या ११ लाख १८ हजारभन्दा बढी पुगेको छ। संक्रमितमध्ये हालसम्म २७ हजार ४९७ को मृत्यु भइसकेको छ।
मन्त्रालयका अनुसार हालसम्म संक्रमितमध्ये ७ लाख निको भइसकेका छन्। हाल भारत विश्वमा कोरोनाले प्रभावित तेस्रो राष्ट्र हो।
भारतभन्दा बढी प्रभावित अमेरिकामा ३८ लाखभन्दा बढीमा कोरोना पुष्टि भएको छ भने ब्राजिलमा २० हजारभन्दा बढीमा कोरोना पुष्टि भएको छ।
— Press Trust of India (@PTI_News) July 20, 2020Record single-day spike of 40,425 COVID-19 cases pushes India's tally to 11,18,043; death toll rises to 27,497 with 681 new fatalities: Govt

प्रतिक्रिया