ad ad

समाज


पहिरोले नारायणगढ-मुग्लिन सडक बिहानैदेखि अवरुद्ध

पहिरोले नारायणगढ-मुग्लिन सडक बिहानैदेखि अवरुद्ध

नेपालखबर
साउन ५, २०७७ सोमबार १:३६,

चितवनको इच्छाकामना गाउँपालिका ६ चारकिलोमा आज (सोमबार) बिहानै पहिरो खस्दा नारायणगढ-मुग्लिन सडक अवरुद्ध बनेको छ।

अविरल वर्षापछि ठूलो पहिरो खसेकाले बिहान पाँच बजेदेखि नै सडकमा गाडी चल्न नसकेका जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी डिएसपी सूर्यबहादुर थापाले जानकारी दिए।

‘पहिरो खसेको ठाउँमा डोजर र लोडर पुगिसकेका छन्,’ डिएसपी थापाले नेपालखबरसँग भने, ‘तर, पहिरो ठूलो छ, पहिरो झर्ने र पानी पर्ने क्रम नरोकिएकाले पहिरो पन्छाउने क्रम अझै सुरु भएको छैन।’

पानी पर्न र पहिरो झर्न रोकिएपछि मात्रै पहिरो पन्छाउन सुरु गरिने जानकारी दिए। पहिरोले दुई वटा बिजुलीका पोलसमेत ढालेको छ। पहिरो ठूलो भएकाले पन्छाउन समय लाग्ने थापाको भनाई छ। आज यात्रुहरुलाई वैकल्पिक सडक प्रयोग गर्न प्रहरीले अनुराेध गरेकाे छ।

सडक अवरुद्ध हुँदा दुबैतर्फ सयौँ सबारी साधनको लाइन लागेको छ। सवारी साधनलाई धादिङ र नारायणगढतिरै रोकिएको थापाले बताए।

नारायणगढ-​मुग्लिन सडक राजधानी काठमाडौं प्रवेश गर्ने मुख्य मार्ग हो। धेरै वर्ष लगाएर नारायणगढ–​मुग्लिन सडक खण्डको स्तरोन्नती गरिएपनि पहिरो खस्ने क्रम भने रोकिएको छैन।

वर्खा लागेसँगै यो सडक पटक-पटक पहिरोको कारण अवरुद्ध हुँदै आएको छ। नारायणगढ-​मुग्लिन सडकको चार किलो, १७ किलो, चोरखोला लगायतका ठाउँमा बढीजसो पहिरो जाने गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .