ad ad

समाज


विकास दुबेको ‘इन्काउन्टर’ मुद्दा सर्वाेच्च अदालतमा, सरकार भन्छ- यसकारण गोली हानियाे

विकास दुबेको ‘इन्काउन्टर’ मुद्दा सर्वाेच्च अदालतमा, सरकार भन्छ- यसकारण गोली हानियाे

नेपालखबर
साउन २, २०७७ शुक्रबार १२:५१,

उत्तर प्रदेश सरकारका अनुसार प्रहरी आत्मरक्षाका लागि विकास दुबेलाई गोली चलाएको हो। यो कुरा प्रदेश सरकारले सर्वाेच्च अदालतमा बताएको हो।

कथित इन्काउन्टरमा विकास दुबे मारिएका थिए। तर प्रश्न उठेको छ कि त्यति धेरै प्रहरीका बीच दुबेले कसरी भाग्ने कोसिस गरे?

उत्तर प्रदेश सरकारका जुलाई १० का दिन मध्य प्रदेशको उज्जैनबाट कानपुर ल्याउने क्रममा प्रहरीको गाडी पल्टियो र त्यही मौकामा विकास दुबे भाग्ने प्रयास गरे। भाग्ने क्रममा उनले प्रहरीलाई लगातार गोली चलाए।

सर्वाेच्च अदालतमा दायर शपथपत्रमा उत्तर प्रदेश सकारले भनेको छ कि दुवेविरुद्ध ६४ अपराधमा मुद्दा परेका थिए र एउटा घटनामा उनलाई आजीवन कारावासको सजाय सुनाइएको थियो।

उत्तर प्रदेश सरकारले भनेको छ– जुलाई २ को रात बिकरु गाउँमा भएको मुठभेडमा विकास दुबेले ८ प्रहरीको हत्या गरेका थिए।

कथित इन्काउन्टरमा विकास दुबेको मृत्यु भएको भन्ने आरोपमा उत्तर प्रदेश सरकारले प्रहरीसामु गोली चलाउनुको विकल्प थिएन, किनकि विकास दुबे प्रहरीलाई मारेर भाग्ने कोसिस गरिरहेका थिए।

याे पनिडीएसपीसहित ८ प्रहरी हत्या गर्ने गुन्डा विकास दुबेको ‘इन्काउन्टर’: कहाँ-कहाँ, कति हानियो गोली?

उत्तर प्रदेशका मुख्य सचिवले आफ्नो शपथपत्रमा भनेका छन्– विकास दुबेले प्रहरीबाट पेस्तोल खोसेर गोली चलाउन थाले। उनको दाबी छ– यो वास्तविक घटना हो, यसमा कुनै बनावटी कुरा छैन।

साथै उनले घटना छानबिनका लागि सरकारले न्यायिक छानबिन समिति पनि गठन गरिसकेको बताएका छन्। तर यसलाई नक्कली मुठभेड भन्न नमिल्ने दाबी गरेका छन्।

याे पनिआठ प्रहरी हत्यापछि फरार विकास दुबे एक हप्तापछि कस्तो अवस्थामा कसरी पक्राउ परे?

सर्वोच्च अदालतमा अपराधी–प्रहरी–राजनेता सम्बन्धका अलावा बिकरु गाउँमा भएको मुठभेड र त्यसपछि विकास दुबे र उनका सहकर्मी मुठभेडमा मारिएको सम्बन्धमा सर्वाेच्च अदालतमा धेरैवटा निवेदन परेका छन्। जसको जवाफमा उत्तर प्रदेश सरकारले सर्वोच्च अदालतमा शपथपत्र पेस गरेको हो।

याे पनिस्थानीय पत्रकारको बयानः भारत कानपुरका गुन्डा विकास दुबेले यसरी मारे ८ प्रहरी

यस मुद्दामा सर्वोच्च अदालतले यही जुलाई २० मा सुनुवाइ गर्ने विश्वास गरिएको छ। बीबीसी हिन्दी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .