ad ad

समाज


भुटानको विपक्षी दलका नेता ग्यामत्शो बने इसीमोडको महानिर्देशक, के गरेका थिए उनले?

भुटानको विपक्षी दलका नेता ग्यामत्शो बने इसीमोडको महानिर्देशक, के गरेका थिए उनले?

नेपालखबर
साउन १, २०७७ बिहिबार १३:५५,

भुटानको संसदको विपक्षी दलका नेता डा. पेमा ग्यामत्शो इसीमोड (इन्टरनेसनल सेन्टर फर माउण्टेन डेभलपमेण्ट) को महानिर्देशकमा नियुक्त भएका छन्।

हिन्दूकुश पर्वत ऋखलाको अनुसन्धान तथा विकास कार्यमा संलग्न इसीमोडको बोर्ड अफ गभर्नर्सले ग्यामत्शोलाई नयाँ महानिर्देशकको रुपमा चयन गरेको सो संस्थाले बताएको छ।

तीन महिनापछि (अक्टुबरको मध्यमा) अहिलेका महानिर्देशक डेभिड मोल्डेनको कार्यकाल सकिएसँगै उनले कार्यभार सम्हाल्नेछन्। 

यसअघि भुटानको कृषि, वन तथा वातावरण मन्त्री रहिसकेका ग्यामत्शो भुटानको वातावरण तथा संरक्षण कोषको अध्यक्ष थिए। सो कार्यक्रममार्फत् भुटानको गरिबी निवारणको सफल कार्यक्रम सञ्चालन गरेको श्रेय पनि उनलाई दिने गरिन्छ।

सो कार्यक्रमअन्तर्गत नै उनले भुटानको सबैभन्दा ठूलो राष्ट्रिय पार्क वाङचुक शताब्दी पार्क पनि निर्माण गरेका थिए।

भुटानलाई कार्बनन्युट्रल मुलुक बनाउन र देशलाई नै पूर्णतः अर्गानिक फार्मिङ प्रणालीमा लैजाने लक्ष्य हासिल गर्ने कार्यक्रमका ग्यामत्शो एक मुख्य व्यक्ति मानिन्छन्।

भुटानको सरकारी सञ्चारमाध्यम कुइन्सेलले पनि सोको पुष्टि गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .