वर्षा कम भएसँगै बाढीपहिरोको जोखिम पनि कम भएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आगामी तीन दिन अर्थात् बुधबारदेखि शुक्रबारसम्म ठूलो बाढी विपद्को सम्भावना देखिँदैन।
तर पहाडी क्षेत्रका ससाना खोलानाला आसपास वर्षा भइराख्दा सतर्क रहन महाशाखाले आग्रह गरेको छ।
वर्षाको पूर्वानुमानअनुसार आगामी सोमबारदेखि मनसुन पुनः सक्रिय भई हुने सम्भावना रहेकाले देशैभर नदीखोलामा पुनः बहाव बढ्ने अनुमान महाशाखाले गरेको छ।
प्रतिक्रिया