बेलायतको एडिनबरा विश्वविद्यालयको एक अध्ययनमा कोरोनाबाट संक्रमित बनेका संक्रमितको मुटुमा पनि कोरोनाको असर देखिएको बीबीसीले जनाएको छ।
एडिनबरा विश्वविद्यालयले ६९ देशका १२ सय संक्रमितमा अध्ययन गर्दा आधा संक्रमितको मुटुमा कोरोनाको आसर देखिएको थियो। १५ प्रतिशतमा भने गम्भीर मुटु रोग देखिएको बताइएको छ।
कोरोनाबाट गम्भीर बनेका मानिसहरमा अध्ययन गरिएको थियो।
यस अध्ययनका मुख्य शोधकर्ता प्राध्यापक मार्क ड्वेकले भनेका छन्,‘कोरोना संक्रमितमा मुटु सम्बन्धी गडबडी गम्भीर देखिएको छ। कोरोना संक्रमितमा देखिएको यो मुटु रोगले बिरामीको निको हुने सम्भावना असर पुर्याउँछ। त्यसैले कोरोना संक्रमितको मुटुको पनि हेरविचार गरेर उपचार गर्नुपर्छ।’
यसअघि कोरोना भाइरसले मस्तिष्कमा पनि असर गर्ने तथ्यहरु वैज्ञानिकहरुले पेश गरेका थिए। एजेन्सी
प्रतिक्रिया