समाज


रेड पाण्डाको छालासहित काठमाडौंबाट तीन जना पक्राउ

रेड पाण्डाको छालासहित काठमाडौंबाट तीन जना पक्राउ

नेपालखबर
असार ३१, २०७६ मंगलबार ९:४३,

काठमाडौंको मैतीदेवीस्थित घट्टेकुलोबाट रातो पाण्डाको २ थान छाला सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ।

​पक्राउ पर्नेहरुमा सोलुखुम्बु दुधकुण्ड नगरपालिका घर भएका ३१ वर्षीय निमा गोलु तामाङ, सोलुखुम्बु सल्लेरी गाउँपालिका–५ घर भएका २१ वर्षीय निमा दावा तामाङ र ट्याक्सी चालक ललितपुर धापाखेल बस्ने रामेछाप सुनापाती गाउँपालिका–२ घर भएका २६ वर्षीय अनुप खपाङ्गी मगर रहेका छन्।

​विशेष सूचनाको आधारमा मैतीदेवी सेतो पुलबाट घट्टेकुलोतर्फ आउँदै गरेको बा.२ ज ४६२१ नम्बरको ट्याक्सीलाई जाँच गर्ने क्रममा झोलामा लुकाई राखेको अवस्थामा उक्त वस्तु फेला परेपछि ट्याक्सीमा सवार निमा गोलु, निमा दावा र ट्याक्सी चालक अनुपलाई महानगरीय प्रहरी बृत्त सिंहदरबारबाट खटिएको प्रहरीले ट्याक्सी सहित पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .