समाज


भारतमा चार तले भवन भत्कियो, दुईकाे मृत्यु ४० भन्दा बढी पुरिएको आशंका

भारतमा चार तले भवन भत्कियो, दुईकाे मृत्यु ४० भन्दा बढी पुरिएको आशंका

नेपालखबर
असार ३१, २०७६ मंगलबार ८:१५,

भारतको मुम्बइमा मंगलबार एक चार तले भवन भत्किएको छ। भवन भत्किदा दुई जनाकाे मृत्यु भएकाे छ भने ४० जना भन्दा बढी पुरिएको आशंका गरिएको छ।

मंगलबार बिहान ११ बजेर ४० मिनेटजाँदा डोंगरी इलाकामा रहेको उक्त चार तले भवन भत्किएको टाइम्स अफ इन्डियाले जनाएको छ।

दम्कल विभागका चिफ फायर अफिसर प्रभात रहांगदले भने,‘यहाँको चार तले भवन भत्किएको छ। उद्धारकार्य जारी छ। मानिसहरु पुरिएका छन्। डोजरको सहयोगमा भत्किएको भवनबाट मानिसहरु निकाल्ने प्रयास भइरहेको छ।’

अधिकारीहरुका अनुसार उक्त भवन सय वर्षभन्दा बढी पुरानाे हाे। हालैकाे वर्षाले उक्त भवन कमजाेर बनाएकाे हुनसक्ने आशंका गरिएको छ।

  Forty people are feared trapped inside the building in Dongri

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad