पछिल्लो २४ घण्टामा थप ६० जना कोरोना संक्रमित उपचारपछि निको भइ अस्पतालबाट डिस्चार्ज भएका छन्।
मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले थप ६० जना उपचारपछि निको भएर घर फर्केको बताए।
आज डिस्चार्ज हुनेमा २७७ महिला २ हजार ९१७ र पुरुष रहेका छन्।
योसँगै नेपालमा उपचारपछि घर फर्कनेको संख्या ३ हजार १९४ पुगेको छ।
पछिल्लो २४ घण्टामा ४ हजार ७११ जना को आरटीपीसीआर परीक्षण गरिएको थियो।
3
Shares

प्रतिक्रिया