ad ad

समाज


सोमबार गरिएको परीक्षण अहिलेसम्मकै बढी

सोमबार गरिएको परीक्षण अहिलेसम्मकै बढी

नेपालखबर
असार १५, २०७७ सोमबार ११:१७,

आज (साेमबार) विगतका दिनभन्दा बढी ७ हजार ७ सय ९१ जनाको कोरोना परीक्षण भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार गरेको नियमित प्रेस व्रिफिङमा प्रवक्ता प्रा डा जागेश्वर गौतमले सोमबारको परीक्षण अहिलेसम्मकै धेरै भएको जानकारी दिए।

आजसम्म पीसीआर विधिबाट २ लाख २३ हजार ६ सय ३० जनाको कोरोना परीक्षण भएको छ। यस्तै आरडिटी विधिबाट १ हजार ८ सय २२ जनाको गरी आजसम्म २ लाख ९७ हजार ८ सय ७१ जनाको परीक्षण भएको छ।

सरकारले आफ्नो लक्ष्य अनुसार परीक्षणको दायरा भने बढाउन सकेको छैन। स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले असार १५ गतेबाट हरेक दिन १० हजारको पीसीआर परीक्षण गर्ने सार्वजनिक अभिव्यक्ति दिएपनि सो परिणाममा परीक्षणको संख्या बढ्न नसकेको हो।

आजबाट दैनिक १० हजार परीक्षण गरिने योजना पनि गफैमात्र

मन्त्रालयका अनुसार अहिले देशभरीका क्वारेन्टिनमा ५७ हजार ३ सय ६८ जना रहेका छन्।

देशभरीका विभिन्न अस्पतालका आइसोलेसनमा १० हजार ८५ जना संक्रमित उपचाररत रहेका छन्। सोमबार १३ महिला र १ सय ८ पुरुष गरी १ सय २१ जना संक्रमित निको भएर डिस्र्चाज भएका छन्। आजसम्म २ सय ६६ महिला र २ हजार ८ सय ६६ पुरुष गरी ३ हजार १ सय ३४ जना डिस्चार्ज भएको मन्त्रालयका प्रवक्ता डा. देवकोटाले बताए।

कोरोना संक्रमणबाट नेपालमा हालसम्म २९ जनाको मृत्यु भएको छ। मन्त्रालयका अनुसार स्टार अस्पतालमा उपचाररत रौतहटका ३० वर्षीय पुरुषको मृत्यु भएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या २९ पुगेको छ।

सोमबार नेपालमा ४ सय ७६ जना कोरोना संक्रमित थपिएका छन्। जसमा १ सय १३ महिला र ३ सय ६६ पुरुष रहेका छन्। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १३ हजार २ सय ४८ पुगेको छ। जसमा महिला १ हजार ५ सय ८६ महिला र ११ हजार ६ सय ६२ जना पुरुष रहेको प्रवक्ता डा. गौतमले बताए।

मन्त्रालयले काठमाडौं उपत्यका लगायत घनाबस्तीहरुमा कोरोनाको जोखिम बढिरहेको उल्लेख गर्दै सामाजिक दुरी कायम गर्दै अन्य स्वास्थ्य सुरक्षाका उपाय अपनाउन आग्रह गरेको छ।

अहिले सडकहरुमा हिँडडुल गर्नेहरुको भिड बढेको, विवाह व्रतबन्धहरुमा भोज भतेर गरेर भिडभाड भएको कुराहरु देखिन थालेको प्रति मन्त्रालयले चिन्ता व्यक्त गरेको छ। कोरोना संक्रमणको जोखिम कम भएजस्तै गरी भइरहेको प्रति मन्त्रालयले गम्भीर चिन्ता व्यक्त गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .