समाज


घरमा आगो लाग्दा तीन वर्षीया बालिकाको मृत्यु

घरमा आगो लाग्दा तीन वर्षीया बालिकाको मृत्यु

नेपालखबर
असार १५, २०७७ सोमबार २:२५,

भोजपुरको अरुण गाउँपालिका-३ प्याउलीमा आगलागी हुँदा तीन वर्षीया बालिकाको मृत्यु भएको छ।

स्थानीय कर्णबहादुर कार्कीको घरमा आगलागी हुँदा उहाँकी तीन वर्षीया नातिनी विष्णुमायाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ।

आगलागीमा परी गम्भीर घाइते भएकी बालिकालाई सुरुमा प्राथमिक स्वास्थ्यचौकी प्याउलीमा लगिएको छ। त्यहाँ प्राथमिक उपचारपछि थप उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको थियो।

बाटोमा लैजाँदै गर्दा बालिकाको स्वास्थ्य अवस्था झन गम्भीर भएपछि तत्काल जिल्ला अस्पताल धनकुटामा उपचारका लागि लगिएको थियो। राति नै बालिको मृत्यु भएको प्रहरीले जनाएको छ।

विद्युत् चुहावट भई कार्कीको घरमा आगलागी भएको स्थानीयले बताएका छन्। आगलागीबाट घरभित्र रहेका खाद्यान्न, नगद तथा लत्ताकपडालगायत सम्पूर्ण सामान जल्दा १७ लाख बराबरको क्षति भएको छ। आगलागी प्रहरी र स्थानीयवासीको सहयोगमा नियन्त्रणमा लिइएको थियो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad