नेपालमा ७७ जिल्लमा कोरोना संक्रमण पुष्टि भएको छ।
शनिबार स्वास्थ्य तथा जनसंख्या मनत्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले संक्रमण हुन बाँकी रहेको रसुवामा पनि संक्रमित भेटिएको बताए।
उनले पछिल्लो २४ घण्टामा थप ५५४ जनामा कोरोना पुष्टि भएको बताए।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १२ हजार ३०९ पुगेको छ।
पछिल्लो २४ घण्टामा थप १३६ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्केका छन्।
निको हुनेमा १८ महिला र ११८ पुरुष रहेको प्रवक्ता गौतमले जानकारी दिए।
योसँगै नेपालमा उपचारपछि निको भएर घर फर्कनेको संख्या २ हजार ८३४ पुगेको छ।
3
Shares

प्रतिक्रिया