समाज


गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ७९२ पुग्यो

गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ७९२ पुग्यो

वाशुदेव मिश्र
असार १२, २०७७ शुक्रबार १:१७,

गण्डकी प्रदेशमा शुक्रबार बिहान थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै गण्डकीमा संक्रमितको संख्या सात सय ९२ पुगेको छ।

प्रदेश क्षयरोग केन्द्र पोखरा र भरतपुर अस्पताल, चितवनमा गरिएको परीक्षणमा गण्डकी प्रदेशमा थप २५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय पोखराका निर्देशक डा.विनोद विन्दु शर्माले जानकारी दिए।

नयाँ थपिएका संक्रमित तनहुँ, स्याङ्जा, बाग्लुङ र नवलपरासी पूर्वका छन्। आज थप भएका संक्रमितमा दुई महिला छन्।

थप जानकारीको लागि हेर्नुस् प्रेस विज्ञप्ति :

105558892 614538675856482 7316727085827239005 n

यसैगरी गण्डकी प्रदेशबाट शुक्रबार थप नौ जना कोरोनालाई जितेर घर फर्किएका छन्। कोरोनालाई जित्ने नौ जना सबै गोरखा जिल्लाका छन्। योसँगै गण्डकी प्रदेशमा कोरोना निको हुनेको संख्या एक सय एक पुगेको छ।

गोरखा नगरपालिकाका एक महिला र तीन पुरुष र गण्डकी गाउँपालिकाका पाँच पुरुष कोरोना जितेर घर फर्किएका डा.शर्माले शुक्रबार बिहान जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

105935740 2636584353255894 3890872879574644279 n

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad