नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी निकट अखिल (क्रान्तिकारी) का ललितपुर जिल्ला उपाध्यक्ष निगम भन्ने नरेन्द्र बहादुर भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ।
उनलाई महानगरीय प्रहरी परिसर ललितपुरकाे टाेलीले बुधबार साँझ ललितपुरको वालकुमारीबाट पक्राउ गरेकाे हाे।
भण्डारीमाथि राज्य विरुद्द द्वेष फैलाउने किसिमले नेपाल कम्युनिष्ट पार्टी (विप्लव समूह) सँग सम्बन्धित पर्चा पम्प्लेटहरु टाँस्ने, सोही समूहमा आवद्ध हुनुपर्छ भनी स्थानीय छरछिमेकी एवं जनमानसलाई डर त्रासमा पारी आतंकित एवं हैरान पार्ने काम गरेको आरोप लगाइएको छ।
उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
3
Shares

प्रतिक्रिया