ad ad

समाज


ग्यास बोकेको भारतीय बुलेटले ठक्कर दिँदा एकको मृत्यु

ग्यास बोकेको भारतीय बुलेटले ठक्कर दिँदा एकको मृत्यु

नेपालखबर
असार ९, २०७७ मंगलबार ३:२२,

भारतीय गाडीको ठक्करबाट मकवानपुरमा एक वृद्धको मृत्यु भएको छ।

सोमबार साँझ मनहरि गाउँपालिकाको सुनाचुरी भन्ने ठाउँमा ग्यास बोकेको एनएल १ एल२४७० नम्बरको ग्यास बुलेटले ठक्कर दिँदा पैदलयात्री ७३ वर्षीय जसबहादुर घिसिङको मृत्यु भएको प्रहरीले जनाएको छ।

भारतबाट एलपी ग्यास लिएर चितवनतर्फ जाँदै गरेको बुलेटको ठक्करबाट मनहरी–६ सुनाचुरीका घिसिङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

दुर्घटनापछि बुलेट चालक भारतीय नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .