समाज


पहिरोले हेटौँडा-कुलेखानी-काठमाडौँ सडक पुन: अवरुद्ध

पहिरोले हेटौँडा-कुलेखानी-काठमाडौँ सडक पुन: अवरुद्ध

नेपालखबर
असार ८, २०७७ सोमबार ४:२६,

हेटौँडा-कुलेखानी-काठमाडौँ सडकखण्डमा फेरि पहिरो गएको छ।

मकवानपुरको भीमफेदी गाउँपालिका-६ जुरीखेत र इन्द्र सरोवर गाउँपलिका–२ हेभीमा आज (सोमबार) बिहान पहिरो गएको हो। पहिरोले सडक अवरुद्ध छ। यो सडकमा तीन दिन अघि पनि ठाउँ ठाउँमा पहिरो गएको थियो।

सडक खुलाउन स्काभेटरले पहिरो हटाउने काम शुरु गरिसकिएको र सम्भवतः आज दिउँसोसम्ममा सडक आवागमन पुनः शुरु हुने मकवानपुरका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले जानकारी दिए।

यसैगरी पहिरोले लमजुङ–मनाङ जोड्ने एकमात्र बेँसीशहर चामे सकड पुनः अवरुद्ध भएको छ। शनिबार बिहान गएको पहिरोले अवरुद्ध सडक आइतबार साँझबाट शुरु भए पनि आज बिहान विभिन्न स्थानमा पहिरो जाँदा सडक पुनः अवरुद्ध भएको हो।

आइतबार रातिबाट परेको वर्षाले लमजुङको उत्तरी क्षेत्र मस्र्याङ्दी गाउँपालिकास्थित रामबजार, स्यागे, गोप्टेभिरलगायतका स्थानमा पहिरो जाँदा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक ओमप्रकाश पुनले जानकारी दिए। ‘सडक अवरुद्ध भएपछि यतिबेला स्काभेटरको माध्यमबाट सडक खुलाउने तयारी भइरहेको छ’, उनले भने।

सकड अवरुद्ध भएपछि अत्यावश्यक कामका लागि सञ्चालन हुने सवारीसाधनदेखि मानिसको पैलन आवतजावतसमते रोकिएको छ। बेँसीशहर–चामे कच्ची सडक ६५ किलोमिटर लामो छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad