ad ad

समाज


डब्लूएचओले भन्योः कोरोनाका बिरामी बचाउन सफल भनिएको औषधिबारे हामी पनि अनुसन्धान गर्छाैं

डब्लूएचओले भन्योः कोरोनाका बिरामी बचाउन सफल भनिएको औषधिबारे हामी पनि अनुसन्धान गर्छाैं

नेपालखबर
असार ३, २०७७ बुधबार १५:२८,

सस्तो र सहजै पाइने डेक्सामेथासोनले कोरोनाका गम्भीर बिरामीलाई बचाउन सकिने भनेर बेलायतका वैज्ञानिकले पत्ता लगाएकामा विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले खुसी व्यक्त गरेको छ।

डब्लूएचओका महानिर्देशक डा. अधानोम टेड्रोसले मंगलबार विज्ञप्ति निकालेर कोरोनाको उपचारमा बेलायतका विज्ञले प्रभावकारी ओषधि पत्ता लगाएर ठूलो योगदान पुर्‍याएकाे भन्दै स्वागत व्यक्त गरेका हुन्।

कोरोना संक्रमितलाई बचाउन मद्दत पुर्‍याएकाे औषधि डेक्सामेथासोनबारे थप मूल्यांकन गरी अघि बढ्ने उनले बताएका छन्।

‘डेक्सामेथासोनले गम्भीर अवस्थाका संक्रमितको जीवन रक्षा गरेको देखिएको छ,’ विज्ञप्तिमा उनले भनेका छन्, ‘यसको प्रयोग मध्यम खालका बिरामीमा गरिएको छैन। यसबारे थप बुझ्न डब्ल्यूएचओले सहकार्य गर्नेछ र सोहीअनुसार उपचारको रणनीति बनाउनेछ।’ यो साँच्चिकै खुसीको खबर भएको उनले उल्लेख गरेका छन्।

यसैबीच डेक्सामेथासोन स्टेरोइड थोरै मात्रा प्रयोग गर्दा पनि गम्भीर किसिमका संक्रमितलाई बचाउन सकिएको तथ्य सार्वजनिक भएपछि बेलायतका स्वास्थ्यमन्त्री माट हान्ककले २ लाख ४० हजार डोज अर्डर गरेका छन्। तर केही चिकित्सकले भने डेक्सामेथासोन स्टेरोइडको साइड इफेक्टबारे थप अनुसन्धान गरेर मात्रै औषधि प्रयोग गर्न सुझाव दिएका छन्।

याे पनि: विज्ञ भन्छन्ः एउटा त्यस्तो सस्तो औषधि, जसबाट कोरोनाका गम्भीर बिरामी बचाउन सकिन्छ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .