ad ad

समाज


बहु विवाह गर्ने व्यक्ति सात वर्षपछि जेल चलान  

बहु विवाह गर्ने व्यक्ति सात वर्षपछि जेल चलान   

नेपालखबर
असार ३, २०७७ बुधबार २:५३,

बहुविवाहको आरोपमा सप्तरीको बोदेबर्साइन नगरपालिका-९ देउरीका २७ वर्षीय विश्वनाथ साहलाई प्रहरीले पक्राउ गरेको छ।

सप्तरी जिल्ला अदालतबाट एक वर्ष कैद सजाय पाएका आरोपित साह सात वर्षपछि पक्राउ परेका जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। जिल्ला अदालतले १२ माघ २०७० मा बहुविवाह मुद्दामा साहलाई एक वर्ष कैद सजायको फैसला गरेको थियो।

पक्राउ परेका अभियुक्तलाई कैद सजायका लागि राजविराज कारगार पठाइएको छ। जेठी श्रीमती आशाकुमारी साहले बलानबिहुल गाउँपालिका–४ बेल्हीकी २२ वर्षीया भवानीकुमारी साहसँग विसं २०६९ मा पतिले बहु विवाह गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन्।

जेठी श्रीमतीले आरोपितविरुद्ध जिल्ला प्रहरी कार्यालयमा २०६९ चैत ९ गते वैवाहिक बलात्कारको उजुरीसमेत दर्ता गरेकी छन्। वैवाहिक बलात्कारको आरोपमा २५ दिन थुनामा रहेका आरोपित ०७० वैशाख ४ गते २५ हजार धरौटीमा रिहा भएका थिए।

पछि अदालतबाट उनले सफाइ पाएका इलाका प्रहरी कार्यालय कडरबोना सप्तरीका प्रहरी निरीक्षक रामराजा केशरीले जानकारी दिए। सप्तरी जिल्लाका लागि यो वैवाहिक बलात्कारको मुद्दा पहिलो भएको जिल्ला अदालत स्रोतले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .