ad ad

समाज


मनसुन सक्रिय भएपछि दैनिक वर्षा, यस्तो छ आजको सम्भावना

मनसुन सक्रिय भएपछि दैनिक वर्षा, यस्तो छ आजको सम्भावना

नेपालखबर
असार ३, २०७७ बुधबार २:३८,

मनसुन प्रवेश गरेयता नेपालमा दैनिक वर्षा भइरहेको छ। मौसमविद्का अनुसार मनसुन भित्रिनु भनेको वर्षा याम लाग्नु हो। यसैकारण दैनिक वर्षा भइरहेको हो।

अहिले (बुधबार बिहान) पनि काठमाडौं उपत्यका आसपास तथा पूर्व विराटनगर आसापासका केही स्थानमा वर्षा भइरहेको हुन सक्ने मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालले जानकारी दिए।

आज खासगरी मध्य र पूर्वका सबै प्रदेशमा हल्कादेखि मध्यम तथा केही ठाउँमा भारी वर्षाको समेत सम्भावना रहेको उनले जानकारी दिए।

‘आगामी तीन दिन यही क्रम जारी रहने देखिन्छ,’ मौसमविद् अर्यालले बुधबार बिहान नेपालखबरसँग भने, ‘देशका सबै स्थानमा लगातार त वर्षा नहोला तर धेरैजसाे स्थानमा भइरहने देखिन्छ।’

माैसम पूर्वानुमान महाशाखाले सामान्यतया तीन दिनसम्मकाे माैसम अनुमान गर्ने गर्छ। 

महाशाखाले बुधबार बिहान ६ बजे आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै भनेकाे छ-

देशभर धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुनाका साथै  प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५का एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ। जसका कारण ती क्षेत्रका नदीमा पानीको बहाव बढ्ने, पहिरो जाने, सडक तथा हवाई यातायातसमेत प्रभावित हुने सम्भावना  रहेकाले सबैले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।

माैसमविद् अर्यालका अनुसार पूर्वबाट भित्रिएको मनसुनी वायु अहिले पश्चिमसम्म फैलिसकेको छ। सुदूरपश्चिममा मात्र अझै पश्चिमी वायुको प्रभाव छ, त्यहाँ मनसुन पुगिसकेकाे छैन। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .