समाज


एक हजार संक्रमित निको भएर घर फर्के

एक हजार संक्रमित निको भएर घर फर्के

नेपालखबर
असार १, २०७७ सोमबार ११:२,

नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या एक हजार पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार ६७ जना डिस्चार्ज भएसँगै अहिलेसम्म एक हजार संक्रमित निको भएका हुन्।

देशभरीका आइसोलेसनमा अहिले ५ हजार १ सय ५१ जना उपचाररत रहेका छन्। मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसारअहिले क्वारेन्टिनमा १ लाख ३३ हजार ८ सय २९ जना रहेका छन्।

मन्त्रालयका अनुसार सोमबार ४ सय ५१ जना नयाँ संक्रमित थपिएसँगै कुल संख्या ६ हजार २ सय ११ पुगेको छ।

पछिल्लो केही दिनयता सरकारले पीसीआर परीक्षण बढाएको छ। आइतबार ५ हजार ३ सय ६ गरी आजसम्म १ लाख ३८ हजार ६ सय ८३ वटा पीपीआर विधिबाट परीक्षण भएका छन्। आइतबार आरडिटी विधिबाट ८ हजार ६ सय १५ गरी अहिलेसम्म २ लाख १९ हजार ३ सय ३६ वटा परीक्षण भएका छन्।

सरकारले थप एक पीसीआर मेसिन जडान गरेको छ। पोखरामा नयाँ मेसिन जडान भएसँगै देशभरी २२ स्थानबाट पीसीआर परीक्षण सुरु भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad