समाज


आज सुर्खेतमा ४० र दैलेखमा ३० जनामा कोरोना संक्रमण

आज सुर्खेतमा ४० र दैलेखमा ३० जनामा कोरोना संक्रमण

नेपालखबर
जेठ ३१, २०७७ शनिबार ९:३८,

कर्णाली प्रदेशमा आज(शनिबार) थप ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  

कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार आज सुर्खेत जिल्लाका ४० र दैलेख जिल्लाका ३० जना गरी ७० जनामा नयाँ संक्रमण पुष्टि भएको हो।

योसँगै कर्णाली प्रदेशमा मात्रै संक्रमण हुनेको संख्या संख्या ९१६ पुगेको छ।

आज प्रदेशबाट ९ जना निको भइ डिस्चार्ज समेत भएका छन। डिस्चार्ज हुनेमा दैलेख अस्पतालमा ५ जना र दुल्लु अस्पतालमा ४ जना छन। योसँगै प्रदेशमा जम्मा डिस्चार्ज हुनेको संख्या ९१ पुगेको छ। 

प्रदेशमा कोभिड-१९ को संक्रमण पुष्टि भएका मध्ये मृत्यु हुनेको संख्या ३ रहेको छ।

आज नयाँ संक्रमण पुष्टि हुनेमा सुर्खेतका ४० जना मध्ये गुर्भाकोटका १२ जना, भेरीगंगाका १० जना, बराहतालका ९ जना, चौकुनेका ८ जना र वीरेन्द्रनगरका १ जना छन्।

यस्तै दैलेखका ३० जनामध्ये आठबीसका २० जना, नौमुलेका ९ जना र डुङ्गेश्वरका १ जना रहेका छन। 

सबै ७० जनाको पुष्टि प्रदेश अस्पताल सुर्खेत/पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतबाट भएको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad