ad ad

समाज


चन्द्रागिरीमा अनलाइनबाट कक्षा सञ्चालनको तयारी

चन्द्रागिरीमा अनलाइनबाट कक्षा सञ्चालनको तयारी

नेपालखबर
जेठ २७, २०७७ मंगलबार ३:५२,

काठमाडौंको चन्द्रागिरी नगरपालिकाले विद्यार्थीका लागि प्रविधिको प्रयोगमार्फत कक्षा सञ्चालन गर्ने भएको छ।

विश्वव्यापीरूपमा फैलिँदै गएको कोरोना भाइरसको सङ्क्रमण दर नेपालमा समेत बढ्न थालेपछि काठमाडौँ उपत्यका प्रवेशको मुख्य नाकामा रहेको नगरपालिकाले अनलाइनमार्फत कक्षा सञ्चालन गर्न लागेको हो।

नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले विद्यार्थीलाई अनलाइनमार्फत कक्षा सञ्चालन गर्नेबारे नगरपालिकाले तयारी गरिरहेको जानकारी दिए। अनलाइन कक्षा सञ्चालनबारे नगरपालिकाको शिक्षा शाखाको बैठकसमेत बसेर छलफल भइरहेको छ।

‘शिक्षा मन्त्रालयले अनलाइनमार्फत कक्षा सञ्चालन गर्नेबारे सबै स्थानीय तहसँग राय मागिरेहेको बेलामा हाम्रो नगरपालिकाले पनि रेडियो, टेलिभिजन, अनलाइन र सामाजिक सञ्जालमार्फत कक्षा सञ्चालनका लागि तयारी गरिरहेको छ’, प्रवक्ता महर्जनले भने।

चन्द्रागिरिमा हाल ५२ संस्थागत विद्यालय र २४ सामुदायिक विद्यालय छन्। चन्द्रागिरि नगरपालिका वाग्मती प्रदेशकै सबैभन्दा ठूलो नगरपालिका हो। चन्द्रगिरी नगरपालिकामा १५ वडा रहेका छन्।

यस्तै नगरपालिकाले कोरोनाको बढ्दो सङ्क्रमणलाई मध्यनजर गर्दै क्वारेन्टिन व्यवस्थापनलाई समेत अगाडि बढाएको छ। सरकारले विभिन्न मुलुकबाट नेपाल आउने व्यक्तिलाई हवाईजहाज चार्टड गरेर ल्याउन शुरु गरेसँगै चन्द्रागिरिले क्वारेन्टिन व्यवस्थापनलाई प्राथमिकता दिएको हो।

‘भारत र विभिन्न मुलुकबाट नेपाल आउने व्यक्ति बढेकाले चन्द्रागिरिले क्वारेन्टिनको क्षमतालाई विस्तार गर्न लागेको हो’, प्रवक्ता महर्जनले भने। चन्द्रागिरीले पछिल्लो समय पिसीआर परीक्षणलाई समेत तीव्रता दिएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .