ad ad

समाज


नेपालमा कोरोना निकाे हुनेकाे संख्या ५१६ पुग्यो

नेपालमा कोरोना निकाे हुनेकाे संख्या ५१६ पुग्यो

नेपालखबर
जेठ २७, २०७७ मंगलबार ४:७,

नेपालका कोरोना संक्रमितमध्ये थप २८ जना निको भएका छन्। योसमेत गरेर कोरोनाबाट मुक्त हुनेको संख्या ५१६ पुगेको छ।

सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनबाट सोमबार राति थप २८ जना डिस्चार्ज भएका हुन्।

प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार कोरोनालाई जितेर घर फर्किनेमा झापाका विभिन्न स्थानीय तहका १८ देखि ५६ वर्षसम्मका व्यक्ति छन्। ती सबै पुरुष हुन्।

यीसमेत गरेर अहलेसम्म बीपी प्रतिष्ठानबाट ६१ जना निको भइसकेका छन्। प्रतिष्ठानमा अब ५५ संक्रमित छन्।

नेपालमा यी सबै गरेर कोरोना संक्रमितको संख्या ३५ सयभन्दा माथि पुगेको छ।

याे पनि: कोरोनाका कारण नेपालमा थप एक जनाको मृत्यु

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .