ad ad

समाज


चितवनमा दुई स्वास्थ्यकर्मीसहित २३ जनामा संक्रमण पुष्टि

चितवनमा दुई स्वास्थ्यकर्मीसहित २३ जनामा संक्रमण पुष्टि

नेपालखबर
जेठ २६, २०७७ सोमबार १०:१०,

चितवनमा दुई स्वास्थ्यकर्मी सहित २३ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। भरतपुर अस्पतालको ल्याबमा गरिएको परीक्षणका क्रममा सोमबार ति व्यक्तिहरुमा कोरोना संक्रमण पुष्टि भएको हो।

अस्पतालका मेडिकल सुपरिटेन्ड डा. श्रीराम तिवारीले शुक्रबार र शनिबार संकलन भएका ३१० नमूनाको परीक्षणका क्रममा २३ जनामा संक्रमण भेटिएको जानकारी दिए।

२३ जनामध्ये २ जना स्वास्थ्यकर्मी रहेको डा. तिवारीले जानकारी दिए। नयाँ संक्रमितमध्ये नवलपुरका ५ जना, धादिङका एक जना र बाँकी चितवनका छन्।

एकजना आईसियूमा उपचाररत विरामीमा पनि पोजिटिभ देखिएको उनले बताए। आइसियुमा उपचाररत विरामीको अवस्था जटिल तर स्थिर रहेको अस्पतालले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .