ad ad

समाज


उद्धार र राहतका लागि कुन प्रदेशमा कति प्रहरी परिचालन?

उद्धार र राहतका लागि कुन प्रदेशमा कति प्रहरी परिचालन?

नेपालखबर
असार २८, २०७६ शनिबार १२:७,

 तीन दिनदेखि लगातार रुपमा परेको वर्षासँगै देशका विभिन्न भागमा ठूलो जनधनको क्षति भएको छ।

अहिलेसम्म ३० जनाको मृत्यु भएको प्रहरीले औपचारिक पुष्टि गरेको छ भने १८ जना बेपत्ता भएका छन्। बाढी र पहिरोका कारण हजारौँ मानिस घरबारबिहीन अवस्थामा पुगेका छन्।

सरकारले बाढी प्रभावित क्षेत्रमा राहत र उद्धारका लागि ठूलो मात्रामा सुरक्षाकर्मी परिचालन गरेको छ।

उद्धार र राहातलाई प्राथमिकतामा राखेको सरकारले त्यसपछि पुनर्निर्माणको कामलाई अगाडि बढाउने जनाएको छ।

बाढी पहिरो र डुवाका कारण सबैभन्दा धेरै प्रदेश १, ३ र ३ प्रभावित बनेका छन् भने कर्णाली प्रदेशमा पनि यसको प्रभाव देखिएको छ। गण्डकी, सुदूरपश्चिम प्रदेश र प्रदेश ५ मा भने बाढी र पहिरोको खासै असर देखिएको छैन।

उद्धार र राहतका लागि सबैभन्दा धेरै प्रहरी काठमाडौँ उपत्यकामा परिचालन गरिएको छ। उपत्यकाका विभिन्न स्थानमा विपतमा परेकाको उद्धार र खोजीका लागि ८ हजार ८ सय प्रहरी परिचालन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

त्यस्तै प्रदेश १ मा ६ हजार ३०५, प्रदेश २ मा ५ हजार ७००, प्रदेश ३ मा प्रदेश ३ मा ३ हजार ४०० र कर्णाली प्रदेशमा तीन हजार १०० प्रहरी परिचलन गरिएको छ।

बाढी र पहिरो प्रभावित क्षेत्रमा नेपाल प्रहरीका साथमा सशस्त्र प्रहरी र नेपाली सेना समेत परिचालन गरिएको सरकारले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .