समाज


रुकुम घटना विरुद्ध दलित विद्यार्थीको प्रदर्शनः ‘विभेद विरुद्ध नबोल्ने शिक्षा के का लागि?’

रुकुम घटना विरुद्ध दलित विद्यार्थीको प्रदर्शनः ‘विभेद विरुद्ध नबोल्ने शिक्षा के का लागि?’

नेपालखबर
जेठ २५, २०७७ आइतबार ११:३,

रुकुमको चौरजहारीमा भएको घटनाको विरोधमा त्रिभुवन विश्व विद्यालयमा अध्ययनरत दलित विद्यार्थीहरुले विरोध प्रदर्शन गरेका छन्।

विभिन्न जिल्लाबाट काठमाडौं आई त्रिभुवन विश्व विद्यालय कीर्तिपुरमा अध्ययन गरिरहेका विद्यार्थीहरुले आइतबार त्रिवि परिसरमा विरोध प्रदर्शन गरेका हुन्। विद्यार्थीहरुले टाउकोमा किताब र निधारमा पट्टि बाँधेर चौरजहारीमा दलित युवकमाथि भएको जातीय विभेदयुक्त हत्याको विरोध गरेका छन्।

कोरोना महामारीको कारण सामाजिक दूरी कायम गर्दै त्रिवि परिसरमा भेला भएका उनीहरुले जनचेतनामूलक प्लेकार्ड सहित प्रदर्शन गरेका हुन्।

dalit-stu2.jpg

विद्यार्थीहरुले विभेद र अत्याचार विरुद्ध त्रिविले शिक्षा दिन नसकेको भन्दै ‘विभेद विरुद्ध नबोल्ने शिक्षा के का लागि’, ‘अहिले नबोले कहिले बोल्ने’, ‘टियु ले कस्तो जनशक्ति उत्पाद ग-यो’ लेखिएका प्लेकार्डहरु बोकेका थिए। विद्यार्थीहरुले दलितमाथिको विभेद र अत्याचार विरुद्ध बोल्नका लागि अभियान नै चलाउनुपर्ने भएकाले प्रदर्शन गर्नुपरेको बताएका छन्।

विद्यार्थीहरुले रुकुम घटनाका दोशीलाई तत्काल कारबाही गर्न समेत माग गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad