ad ad

समाज


क्वारेन्टिनमा लापरबाही : डोटी र बैतडीमा एकैदिन दुई युवाको मृत्यु

क्वारेन्टिनमा लापरबाही : डोटी र बैतडीमा एकैदिन दुई युवाको मृत्यु

नेपालखबर
जेठ २५, २०७७ आइतबार २:३,

डोटी र बैतडीमा क्वारेन्टिनमा बसेका दुई युवाको मृत्यु भएको छ। क्वारेन्टिनमा बस्दै आएका १९ र ३१ वर्षीय दुई युवकको मृत्यु भएको हो।

डोटीको केआई सिंह गाउँपालिका-३ को सिताराम आधारभूत विद्यालयको क्वारेन्टिनमा बसेका १९ वर्षीय युवकको मुत्यु भएको प्रहरीले जनाएको छ।

उनी भारतको लुधियानाबाट एक साताअघि मात्रै नेपाल आएका थिए। ६ दिन अघिदेखि गाउँपालिकाले व्यवस्थापन गरेको उक्क्वारेन्टिनमा बस्दै आएका उनको आइतबार बिहान ३ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ।

मृतकको स्वाब संकलनका लागि स्वास्थ्यकर्मीलाई क्वारेन्टिनमा पठाइएको जिल्ला स्वास्थ्य स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले जानकारी दिए।

क्वारेन्टिनमा लापरबाही हुँदा युवकको मृत्यु भएको आरोप आफन्तले लगाएका छन्। यसअघि बाजुराको खप्तड छेडेदह गाउँपालिका-७ का ६० वर्षीय पुरुषको पनि शनिबार क्वारेन्टिनमै मृत्यु भएको थियो।

यसैबीच भारतबाट फर्किएकै दिन बैतडीमा एक व्यक्तिको पनि मृत्यु भएको छ। जिल्लाको पाटन नगरपालिका–६ स्थित भीमदत्त प्राविधिक शिक्षालय क्वारेन्टिनमा बसेका सोही वडाको सन्तोली घर भएका ३१ वर्षीय पुरुषको शनिबार राति मृत्यु भएको प्राथमिक स्वास्थ्य केन्द्र पाटनका स्वास्थ्य सहायक प्रेमसागर भट्टले जानकारी दिए।

शनिबार बिहान मात्रै भारतको बैङ्गलोरबाट पाटन आइपुगेका ती व्यक्ति क्वारेन्टिनमा बसेका थिए। एक्कासि साँझ साढे ६ बजेतिर बेहोस भएका उनको उपचारकै क्रममा पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा ८ः३० बजेतिर मृत्यु भएको स्वास्थ्य सहायक भट्टले बताए।

मृतकको स्वाबको नमूना सङ्कलन गरिएको र कोरोना परीक्षणका लागि धनगढी पठाइने नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले जानकारी दिए।

ती व्यक्तिसँग बैङ्गलोरबाट अरु १३ जना पनि शनिबार बिहानै पाटन आइपुगेको बताइएको छ। उनीहरु पनि भीमदत्त प्राविधिक शिक्षालय क्वारेन्टिनमा बसिरहेका छन्।

यसअघि पनि भारतबाट आएर क्वारेन्टिनमा बसेकी एक महिलाको यही जेठ २० गते मृत्यु भएको थियो। पुर्चौँडी नगरपालिका–४ भटनास्थित मालिका माध्यमिक विद्यालयको क्वारेन्टिनमा बसेकी २२ वर्षीया ती महिलाको कोरोना रिपोर्ट भने नेगेटिभ आएको थियो।

न्युनतम पूर्वाधार, स्वास्थ्य उपचारको अभाव र परीक्षणमा डिलाई हुँदा क्वारेन्टिनमा ज्यान गुमाउनेको संख्या बढ्दै गएको छ। क्वारेन्टिनमा ज्यान गुमाउने अधिकांशको मृत्युपछि मात्रै स्वाब परीक्षण भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .