समाज


कोरोनाका कारण नेपालमा थप दुईको मृत्यु, मृतकको संख्या १३ पुग्यो

कोरोनाका कारण नेपालमा थप दुईको मृत्यु, मृतकको संख्या १३ पुग्यो

नेपालखबर
जेठ २४, २०७७ शनिबार ११:३८,

नेपालमा कोरोनका कारण मृत्यु हुनेको संख्या १३ पुगेको छ।

धनगढी र डोल्पामा थप दुई जनाको मृत्युको कारण कोरोना भाइरस भएको पुष्टि भएसँगै मृतकको संख्या १३ पुगेको हो।

स्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा शनिबार प्रवक्ता डा. विकास देवकोटाले थप २ जनाको मृत्यु कोरोनाका कारण भएको पुष्टि गरेका हुन्।

मृत्यु हुनेमा डोल्पा जगदुल्ला गाउँपालिका–३ का ५८ वर्षीय पुरुष र कैलालीको धनगढी नगरपालिका ४ कि ५५ वर्षीया महिला रहेको प्रवक्ता देवकोटाले जानकारी दिए।

डोल्पा जिल्ला प्रहरी कार्यालयका डीएसपी नारायण रञ्जितकारका अनुसार जगदुल्ला गाँउपालिका–३, थापागाउँका ५८ वर्षीय पुरुषयही जेठ २१ गते मृत्यु भएको थियो।

डीएसपी रञ्जितकारका अनुसार ती व्यक्ति दमका दीर्घरोगी थिए। उपचारका लागि सुर्खेत गएका उनी जेठ १८ गते गाउँ फर्किएका थिए। त्यसपछि घरमै क्वारेन्टिनमा बसेका बेला जेठ २१ गते बिहान ९ बजे उनको मृत्यु भएको हो।

उनका पत्नी र भाइको रिपोर्ट भने नेगेटिभ अर्थात् कोरोना नरहेको आएको उनले जानकारी दिए।

‘उनको मृत्यु स्वाभाविक कालगतिले भएको देखिन्छ, कोरोनाका कुनै लक्षण थिएनन्,’ डीएसपी रञ्जितकारले नेपालखबरसँग भने, ‘तर प्रतिष्ठानमा गरिएको स्वाब परीक्षणले उनमा कोरोना संक्रमण पुष्टि गरेको छ।’

त्यस्तै धनगढीकी मृतक महिला लामो समयदेखि मिर्गौला रोगपीडित रहेको र डायलासिसका लागि केही दिन अघि सेती प्रादेशिक अस्पताल पुगेकी ती महिलाको डायलासिसकै क्रममा शुक्रवार राती निधन भएको थियो।

मृत्यु पश्चात् गरिएको स्बाव परीक्षणमा कोरोना पोजेटिभ देखिएको सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य महाशाखाका प्रमुख नरेन्द्र कार्कीले पुष्टि गरे। उनका अनुसार ती महिला केही दिन अगाडि काठमाडौँबाट डाइलासिसका लागि अस्पताल पुगेकी थिइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad