समाज


समाचार संकलनका लागि रुकुम हिँडेका दुई पत्रकारलाई माथिको आदेश भन्दै रोकियो

समाचार संकलनका लागि रुकुम हिँडेका दुई पत्रकारलाई माथिको आदेश भन्दै रोकियो

नेपालखबर
जेठ २३, २०७७ शुक्रबार ९:२४,

समाचार संकलानका लागि रुकुम हिँडेका सुर्खेत र दैलेखका दुई पत्रकारलाई प्रहरीले रोकेर फिर्ता गरेको  घटनाप्रति नेपाल पत्रकार महासंघ कर्णाली शाखाले ध्यानाकर्षण भएको जनाएको छ।

बिहीबार नेपाल पत्रकार महासंघ सुर्खेतका कोषध्यक्ष टेकेन्द्र विश्वकर्मा र दैलेख शाखाका साधरण सदस्य खगेन्द्र सुनुवारलाई सल्यानको बालुवा संग्राहीमा रोकेर फिर्ता गरेको थियो। उनीहरुले प्रेस पास देखाउँदा देखाउँदै पनि माथिको आदेश भन्दै भन्दै रोकेर फिर्ता गरेको महासंघ कर्णालीले जनाएको छ।

‘दुवैजना पत्रकार रुकुम घटनाका बारेमा समाचार संकलन र अध्ययनका लागि दलित पत्रकार संघका पदाधिकारी सम्मिलत केन्द्रीय टोलीसँग त्यतातर्फ जाँदै हुनुहुन्थ्यो, सूचना विभागले जारी गरेको प्रेस पास देखाउँदा देखाउँदै माथिको आदेश छ भन्दै रोक्नु प्रेस स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप हो’, विज्ञप्तिमा भनिएको छ।

पत्रकार महासंघ कर्णालीले यो घटनाको निन्दा गर्दै आगामी दिनमा पत्रकारमाथि यस्तो व्यवहार नगर्न सचेत गराएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad