ad ad

समाज


  जनकपुरमा लकडाउन खुकुलो, बिहान १२ बजेसम्म पसलहरु खुल्ने

   जनकपुरमा लकडाउन खुकुलो, बिहान १२ बजेसम्म पसलहरु खुल्ने

शैलेन्द्र महतो
जेठ २३, २०७७ शुक्रबार ७:२६,

जनकपुरमा लकडाउन केही खुकुलो पारिएको छ।  बिहानदेखि मध्यान्ह १२ बजेसम्म पसल खोल्न पाउनेगरी लकडाउनलाई खुकुलो पारिएको हो।

व्यवसायीहरुको आग्रहलाई मध्यनजर गर्दै दिउँसो १२ बजेसम्म बजार खोल्ने निर्णय भएको धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जानकारी दिए।

सैलुन, ब्यटीपार्लर, सिनेमाहल, होटेल, रेस्टुरेन्टबाहेकका पसलहरु खोल्ने जिल्ला प्रशासन कार्यालय व्यवसायीबीच सहमति भएको छ।

‘वीरगञ्ज, विराटनगर लगायतको सहरमा व्यवसाय खुलेपछि यहाँको व्यवसायीहरुले पनि पसल खोल्नु पर्ने दबाब थियो। त्यसलाई मध्यनजर गर्दै दिउँसो १२ बजेसम्म पसल खोल्न दिने सहमति भएको छ’, प्रमुख जिल्ला अधिकारी निरौलाले भने ‘तर, पसलहरु खोल्दा समाजिक दूरीको पालना गर्न र मास्क, सेनिटाइजर र ग्लोब्सको प्रयोग गर्न भनिएको छ।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .