समाज


सुदूरपश्चिममा थप ५ जनामा संक्रमण पुष्टि, संक्रमित संख्या ८६ पुग्यो

सुदूरपश्चिममा थप ५ जनामा संक्रमण पुष्टि, संक्रमित संख्या ८६ पुग्यो

गोकुल जोशी
जेठ २२, २०७७ बिहिबार १४:४,

सुदूरपश्चिममा बिहीबर थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। धनगढीमा गरिएको परीक्षणमा कैलालीका ३, बझाङ र अछामका एक/एक जनामा संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए।

कैलालीको फुलबारी नगरपालिकाकी २२ वर्षीय महिला, सोही ठाउँका २६ वर्षीय पुरुष, घोडाघोडी नगरपालिका–११ का ३२ वर्षीय पुरुष, अछामको साँफेबगरका २९ वर्षीय पुरुष र बझाङको बित्थड चिरका २६ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो।

यो सँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ८६ जना पुगेको छ। ती मध्ये ७ जना निको भएर घर फर्किएका छन् भने एक जनाको मृत्यु भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .