ad ad

समाज


जहाँ अब दाइजोका लागि ‘फर्निचर’ बनाउन काठ दिइने छैन, ढाँटेर लगे कारबाही

जहाँ अब दाइजोका लागि ‘फर्निचर’ बनाउन काठ दिइने छैन, ढाँटेर लगे कारबाही

नेपालखबर
जेठ २१, २०७७ बुधबार ४:८,

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-८ स्थित वैजनाथ सामुदायिक वनले दाइजोका लागि फर्निचर बनाउन उपभोक्तालाई काठ नदिने भएको छ।

दाइजो प्रथालाई निरुत्साहन गर्न सामुदायिक वनले त्यस प्रयोजनका लागि काठ नदिने निर्णय कडाइका साथ लागू गरेको हो। दाइजोका कारण समाजमा थुप्रै कुरीति निम्तिन थालेकाले सामुदायिक वनबाट काठ नदिने निर्णय गरिएको सामुदायिक वनका अध्यक्ष बहादुर सिंह महराले जानकारी दिए।

‘छोरीको विवाह छ। दाइजोका रूपमा फर्निचर बनाएर दिनुपर्ने भएकाले काठ उपलब्ध गराइदिन भनेर उपभोक्ता पुग्ने गरेका छन्,’ उनले भने, ‘दाइजो नल्याएकै कारण कैयौं चेलीले अनाहकमा ज्यान गुमाउने र मानसिक पीडा सहन बाध्य भएकाले यसलाई रोक्ने प्रयास गरेका हौं।’

केही उपभोक्ताले भने यो निर्णयको विरोध गरिरहेका छन्।

यसअघि सामुदायिक वनले छोरीलाई दाइजोका रूपमा दिइने सोफा सेट, पलङ, कुर्सी, टेबुललगायत फर्निचर बनाउन काठ उपलब्ध गराइरहेको थियो। दाइजोका लागि काठ उपलब्ध नगराउने निर्णय सामुदायिक वनले पहिलोपटक गरेको हो। अन्य बहानामा सामुदायिक वनबाट काठ लगेर दाइजो दिनका लागि फर्निचर बनाएर दिइएको प्रमाणित भएमा सामुदायिक वनले साविकभन्दा दोब्बर शुल्क असुल्ने निर्णयसमेत गरेको छ।

दाइजो प्रथा उन्मूलनका लागि सामुदायिक वनले समुदायस्तरमा छलफल र चेतनामूलक कार्यक्रम गरी उपभोक्तालाई सचेत पार्ने योजनासमेत बनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .